स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड जानुभएको छ । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ जानुभएको हो । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ ।...

चितवनमा ७ महिनामा १४ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/०८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा ण्वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...

राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोसपाका नेताहरुबीच छलफल

काठमाडौं । राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भइरहेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा...

भारतको कोठीमा एक युवतीलाई बेचेको आरोपमा दाङका एक दम्पती पक्राउ

दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की...

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ । संघीय संसदका महासचिव...

बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । यद्यपि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ ।...

गैरहाजिर भएका ९ कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ । पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ । कात्तिकदेखि यता जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी...

आज पनि मौसममा बदली, हल्का बर्षा र हिमपातको संभावना

  काठमाडौं । मौसम आज पनि बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा आंशिकदेखि सामान्य प्रभाव परेको हो । आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा...

शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताउनुभएको छ । गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौँ जिल्ला अधिवेशनलाई आज मङ्गलवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

२ छोरा साथमा लिएर एक महिलाले गण्डक नहरमा हाम फालिन् , तीनै जना बेपत्ता

नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए । प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा...