सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमा पहिचान

भूगाेल संवाददाता
२२ माघ २०७९, आईतवार ११:१२

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिमा थप १२ वटा चन्द्रमाको पहिचान भएको छ । सन् २०२१ र २२ मा गरिएको खोजका आधारमा खगोलविद्हरुले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका हुन् । यो सँगै बृहस्पतिमा अब ९२ वटा चन्द्रमा भएका छन् । यसअघि शनि ग्रहमा सबैभन्दा धेरै ८३ वटा चन्द्रमा भएको पुष्टि भएको थियो ।

इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टर(एमपीसी)ले सञ्चालन गर्ने स्मिथसोनियन एस्ट्रोफिजिकल अब्जर्भेटरीले यी १२ वटा चन्द्रमा पत्ता लगाएको हो । थपिएका चन्द्रमासहित बृहस्पतिमा यसअघि पहिचान भएकामध्ये १५ प्रतिशतले वृद्धि भएको अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

पत्ता लागेका नयाँ उपग्रहको आकार ० दशमलव ६ माइलदेखि २ माइलसम्म रहेका छन् । आउँदो अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान समेत प्रक्षेपण गर्दैछ । त्यस्तै अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले पनि आउँदो वर्ष अर्को यान प्रक्षेपणको तयारी गरेको छ ।

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*