जनकपुरमा हतियारसहित एक जना मिटरब्याजी पक्राउ

भूगाेल संवाददाता
२२ माघ २०७९, आईतवार १२:०५

जनकपुरमा एकजना मिटरब्याजी हातहतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेकाे थियाे । प्रहरी नायब उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेकाे हाे ।

उनकाे घरबाट कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरु, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल एक थान, ३०३ राइफलमा लाग्ने गोली चार थान, म्यागनममा लाग्ने गोली एक थान र म्यागनमको खोका एक थान बरामद गरिएकाे प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*