पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको दुबईमा निधन

भूगाेल संवाददाता
२२ माघ २०७९, आईतवार १४:१४

पाकिस्तानका पूर्व सैन्य राष्ट्रपति एवम् सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको निधन भएको भएको छ । सैन्य ‘कू’ बाट शक्तिमा आएका ७९ वर्षका मुशर्रफको निधन भएको बीबीसीले जनाएको छ । केही समयदेखि बिरामी परेका मुशर्रफ यूएईको दुबईमा उपचाररत हुनुहुन्थ्यो ।

मुशर्रफको जन्म सन् १९४३ मा दिल्लीमा भएकोमा १९४७ मा भारतको विभाजनपछि उहाँका अभिभावकहरू पाकिस्तानमा बसाइँ सरेका थिए ।

सन् १९९८ मा सेना प्रमुख नियुक्त भएका मुशर्रफले त्यसको एक वर्षपछि देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाउनुभएको थियो । सन् २००८ को संसदीय चुनावमा आफ्नो पार्टी पराजय भएपछि महाभियोग छल्न मुशर्रफले राजीनामा दिएर देश छाड्नुभएको थियो ।

सन् २०१३ को मार्चमा चुनाव लड्न भन्दै पाकिस्तान फर्किएका मुशर्रफ पक्राउ पर्नुभयो भने उहाँको दल अल पाकिस्तान मुस्लिम लिगले नराम्रो पराजय बेर्होर्‍यो । त्यसपछि अदालती मुद्दामा जोडिएका मुशर्रफलाई राजद्रोहमा दोषी ठहर्‍याएर मृत्युदण्ड तोकियो । तर त्यो सजाय कार्यान्वयन हुन सकेन । सन् १९९९ मा शक्ति हात पारेयता उहाँ कैयौँ हत्या प्रयासमा बच्न सफल हुनुभएको थियो ।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो निजी वकिलमार्फत पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*