इटहरी उपमहानगरपालिकाले २ हजार विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने

भूगाेल संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार १६:३९

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई हजार विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अति विपन्न दुई हजार परिवारको बीमा गरिदिने भएको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न निशुल्क बीमा कार्यक्रम सुरु गरेको बताए । प्रत्येक वडाबाट ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिने र निशुल्क बीमा गरिने उनको भनाइ छ ।

आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*