नेपाली चलचित्रका वरिष्ठ निर्देशक सुब्बाको निधन

भूगाेल संवाददाता
२ चैत्र २०७९, बिहीबार १५:४३

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार निधन भएको छ । ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक सुब्बाको ७८ वर्षको उमेरमा निधन भएको हो। भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । यसलाई साहित्यलाई अंगीकार गरिएको फिल्म मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*