क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

भूगाेल संवाददाता
३ चैत्र २०७९, शुक्रबार ११:१३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ । बिहान खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान गर्नु भएको हो ।

यस्तै, उहाँले मूलपानी, चितवनलगायत निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने समेत घोषणा गर्नु भएको छ ।

हिजो यूएईसँगको खेलअघि त्रिवि खेल मैदान कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिनुभएको थियो । यूएईलाई ९ रनले हराउँदै नेपाल सन् २०२३ को एक दिवसीय विश्व कप छनोटमा सिधै प्रवेश पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*