आज सुनको मुल्य चार सय रुपैयाँले बढ्यो
भूगाेल संवाददाता
३ चैत्र २०७९, शुक्रबार ११:३९

सुन चाँदीको मुल्य आज पनि बढेको छ । सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको मुल्य आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार सुनको मुल्य अझै बढ्ने अनुमान छ ।
चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।