उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देख्छु : अष्टलक्ष्मी शाक्य

काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताउनुभयो ।
संसद भवन नयाँबानेश्वरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भन्नुभयो, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।’
उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उहाँलेब बताउनुभयो । राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु’, उहाँले भन्नुभयो।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उहाँले बताउनुभयो ।