प्रधानमन्त्रीले सहजतापूर्वक विश्वासको मत पाउनुहुन्छ : गगन थापा

भूगाेल संवाददाता
३ चैत्र २०७९, शुक्रबार १४:५७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ गते विश्वासको मत पाउने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले विश्वासको मत लिएपश्चात् सरकार बिस्तार हुने बताए ।

उपराष्ट्रपति उमेदवार उठाउँदा गठबन्धनमा असमझदारी भयो, यसले सरकार बिस्तार र विश्वासको मत लिने कुरामा असर गर्ला नि ? भन्ने प्रश्नमा उनले सरकार बनाउने विषयमा भने गठबन्धन एक ढिक्का हुने जिकिर गरे ।

“राष्ट्रपति निर्वाचनपश्चात् गठबन्धन छ । अहिले उपराष्ट्रपतिको निर्वाचनमा केही फरक विचार आए । तर, विश्वासको मत दिने बेलामा गठबन्धन एक ठाउँमा आउँछ । सहजतापूर्वक उहाँले विश्वसको मत पाउनुहुन्छ,” उनले भने ।”

यसमा तपाइको मत

Your email address will not be published.


*