उपराष्ट्रपति निर्वाचनको मतगणना केहीबेरमा शुरु हुने

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना केहीबेर शुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज भएको उपराष्ट्रपति पदको निर्वाचनमा कूल ८८२ मतदातामध्ये ८२९ जनाले मतदान गरेका छन्। जसमा संघीय संसद्का ३३४ जनामध्ये ३११ र प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका हुन्।
आज बिहान १० बजेदेखि शुरू भएको मतदान अपराह्न ३ बजेसम्म चलेको हो।
उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसदले मतदान गरेनन्।
उपराष्ट्रपति निर्वाचनमाजसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार दिनुभएको छ ।