चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउने : प्रधानमन्त्री दाहाल

भूगाेल संवाददाता
३ चैत्र २०७९, शुक्रबार १८:३२

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो । प्रधानमन्त्री दाहालले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*