राष्ट्रपति पौडेल कारगेटबिना नै कुमारी घरको दर्शन

भूगाेल संवाददाता
४ चैत्र २०७९, शनिबार १७:४७

राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिइ काठमाण्डौको बसन्तपुरमा रहेकाे कुमारी घरमा पुग्नुभएको छ ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेटबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना नै सवार हुनुभयो । राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो ।

उहाँ गएकाे फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*