बलिउड अभिनेता आमिर खान नेपालमा

भूगाेल संवाददाता
२४ बैशाख २०८०, आईतवार १२:५५

काठमाडौं । बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।

उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको जनाइएको छ । आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*