नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

भूगाेल संवाददाता
२७ बैशाख २०८०, बुधबार १०:००

 

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् ।

उनी निजी निवासबाट पक्राउ परेका प्रहरी स्रोतले जानकारी दिएको छ । नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका लैजाने गिरोहलाई दह्रो साथ दिएर नीतिगत निर्णय गराएको उनीमाथि आरोप लागेको छ ।

काठमाडौंको चावहिलस्थित घरमा रहेका खाँणलाई निवासबाटै पक्राउ गरिएको हो । खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*