चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा

भूगाेल संवाददाता
२९ बैशाख २०८०, शुक्रबार १२:००

काठमाडौं । गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्रको निर्देशन विक्रम सापकोटाले गरेका हुन् ।

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका चलचित्रभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाको दाबी छ ।

हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको यस चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन् । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*