सुनको भाउ आज घट्यो

भूगाेल संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १२:५४

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

तोलामा आज सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने दुई दिनदेखि घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*