सुनको भाउ स्थिर , चाँदीको घट्यो

भूगाेल संवाददाता
८ जेष्ठ २०८०, सोमबार १२:५६

काठमाडौं । सुनको भाउ आज सोमवार घटबढ भएको छैन । सुन आज हिजो (आइतवार) जस्तै तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*