बागमती प्रदेशमा दूध संकलन बैंक स्थापना कार्यक्रम

भूगाेल संवाददाता
९ जेष्ठ २०८०, मंगलवार ०७:००

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा दुध संकलन बैंक स्थापना भएको छ । प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाको आर्थिक वर्ष २०७९/८० को बार्षिक कार्यक्रम अनुसार वडा नम्बर ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेडमा दुध संकलन बैंक स्थापना भएको हो ।

बोर्डबाट सहकारीलाई ५०० लिटर क्षमताको चिलिङ भ्याट र दूध ढुवानी प्रयोजनको लागि ४० लिटर क्षमताको स्टेनलेस स्टिल क्यान वितरण गरिएको छ । ग्रामिण क्षेत्रमा उत्पादित दूधलाई समयमा नै बजार वा चिस्यान केन्द्रमा पु¥याउन नसक्दा दूधको गुणस्तरमा ह्रास आउने, कृषकहरुलाई आर्थिक क्षति पुग्ने तथा उपभोक्ताहरु गुणस्तरीय दूधबाट बन्चित हुने कुरालाई मध्यनजर गर्दै बोर्डले दूध संकलन बैंक स्थापना गरेको हो ।

बोर्डका उपाध्यक्ष टिका बल्भव सापकोटाका अनुसार अहिले प्रदेशका १३ वटै जिल्लामा गरी कूल २५ वटा दूध संकलन बैंक स्थापना गर्ने कार्यक्रम भइरहेको बताउनुभयो । यस कार्यक्रमबाट ग्रामीण क्षेत्रमा पशुपालन गरी दूध उत्पादन गरिरहेका कृषकहरु लभान्वित हुने उहाँको भनाई छ ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली लगायत वडा अध्यक्ष तथा विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो । यसअघि काभ्रेको रोशी गाउँपालिकामा रहेको नार्के दूध उत्पादक सहकारी संस्थामा दूध संकलन बैंक स्थापना भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*