दाङमा जीपको ठक्करबाट एक शिक्षिकाको मृत्यु

भूगाेल संवाददाता
११ जेष्ठ २०८०, बिहीबार १७:०५

दाङ । दाङमा जीपले स्कुरटलाई ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्साल रहेकी छन्।

बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका(५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*