चर्चित गजल गायक पंकज उधासको निधन

भूगाेल संवाददाता
१४ फाल्गुन २०८०, सोमबार १६:४४

मुम्बई । चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए ।

पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उधासलाई गीतको निकै मन थियो । यही कारण पंकज उधास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*