उच्च मूल्यबाट ६ सय घट्यो सुन

भूगाेल संवाददाता
६ बैशाख २०८१, बिहीबार १२:०९

काठमाडौं । बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*