सुनको भाउ १८ सय घट्यो

भूगाेल संवाददाता
१० जेष्ठ २०८१, बिहीबार ११:२२

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँ रहेको चाँदी आज १८ सय ६५ रुपैयाँमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*