मनहरीको श्रीकृष्ण मन्दिरमा श्रीमद् भागवत ज्ञान महायज्ञ आजबाट सुरु

भूगाेल संवाददाता
२० भाद्र २०८१, बिहीबार ०९:५५

हेटौंडा ।मनहरी गाउँपालिका वडा नम्बर १ श्री कृष्ण मन्दिरको प्राङ्गणमा शुक्रबारबाट श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । मकरीमा सप्ताह ज्ञानमहायज्ञ समितिको संयोजक भोलानारायण तिमलसीनाको सभाध्यक्षता एवं मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिको प्रमूख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो ।

बुधबार महायज्ञको उद्घाटन गर्दै गाऊँपालिका प्रमुख रञ्जन कालाखेतीले मकरिको बीचमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रभित्र रहेको कृष्ण मन्दिरको स्वरूप धेरै परिबर्तन भएको बताएका छन् । यस क्षेत्रलाई कहिले धार्मिक त कहिले खेल खेलाइ मोर्डन युथ क्लबले सबैको मन जितेको बताए।

अन्य स्थानमा यसरी युवाहरु सनातन धर्म संस्कृति जोगाउनु पर्छ भनेर पाएको थिन ,तर यस ठाउँमा युवा हरूको सक्रीयता पाए मकरिको युवा हरुलाई बिशेष धन्यबाद दिए । महायज्ञको पवित्र दिन पार्दै वडा नम्बर १मा रहेको स्वस्थ्यचौकी उद्घाटन समेत गरेका थिए।

मोर्डन युथ क्लबको आयोजना साथै श्री कृष्ण मन्दिर समितिको सहायोजनामा महायज्ञ उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष शिब प्रशाद खनालको बिशेष अथिति कथा वाचक पण्डित कपिलदेव भट्ट, उपवाचक पण्डित डेगनाथ ढकाल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

भदौं १९ गते देखी सुरु भयको २६ गते सम्म संचालन हुने , महायज्ञमा उठेको रकमबाट श्रीकृष्ण मन्दिरको बिस्तार, व्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको महायज्ञ आयोजक कमिटीले जानकारी दिए ।