धनगढीमा पानीमा डुबेर युवकको मृत्यु

भूगाेल संवाददाता
२ फाल्गुन २०८१, शुक्रबार १०:२२

धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।