अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार
भूगाेल संवाददाता
३ चैत्र २०८१, सोमबार ११:२३

काठमाडौं। सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ७४ हजार ५ सय पुगेको थियो । चाँदीको भाउ ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा झरेको छ ।