वरिष्ठ प्रहरी हवल्दार ओम बिक मृत फेला

भूगाेल संवाददाता
३ चैत्र २०८१, सोमबार ११:५८

तनहुँ। तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर बिक मृतावस्थामा फेला परेका छन् । रूपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय बिक आज बिहान चौकी नजिकै बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । निज लामो समयदेखि मानसिक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।