लुटपाट गर्न खोजेको आरोपमा रौतहटबाट २ जना पक्राउ

हेटौंडा। रौतहट जिल्लाबाट लुटपाट गर्न खोजेको आरोपमा २ जना व्यक्ति पक्राउ परेका छन् । बुधबार राती १ बजेर ३० मिनेटको समयमा रौतहट जिल्लाको यमुनामाइ गाउँपालिका वडा नम्बर–१,स्थित जेठरहीया झाझपुल नजिक लुटपाट गर्न खोजेको आरोपमा २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलालाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले पक्राउ गरेका हुन् । बुधबार साँझाको समयमा लुटपाट गर्ने उद्देश्यले ७÷८ जना अपरिचित्त व्यक्तीहरुले दुर्गाभगवती गाउँपालिका वडा नम्बर–३,स्थित मत्सरी बस्ने अञ्दाजी ३५ को वर्षीय कृष्णमणी झाले चलाएर आउँदै गरेको मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाईकल रोकेर निजको साथमा रहेको धनमाल र मोटरसाईकल व्यक्तिहरुले लुट्ने प्रयास गरेको थियो । प्रहरीले विशेष सूचना आधारमा लुटपाट कार्य भइरहेको खबर प्राप्त हुनसाथ झाको उद्दार गरी उक्त कार्यमा संग्लन मुकेश र सीतारामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । जानकारीको लागि अनुरोध । लुटपाटको कार्यमा संलग्न भएका अन्य व्यक्तिहरुलाई प्रहरीले खोजी रहेको प्रहरीले जनाएको छ ।