डलर देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। डलर देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २९ वर्षीय धनबहादुर तामाङ छन् । उनले गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको प्रहरीले बताएको छ । सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धनबहादुरलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।