संघर्ष र सफलताः अशोक विश्वकर्माको प्रेरणादायक यात्रा

मकवानपुर यस्तो समय थियो, जब जीवनमा ठुलो परिवर्तन ल्याउन काठमाडौँ शहर जानुपर्छ । जहाँ पैसा कमाएर आफनो भविष्य उज्वल बनाउन सकिन्छ ।यही सोचमा हुर्किए, साविक मकवानपुरगढी गाउँपालिका वडा नं. ४ गैरी भञ्याङंका निवासी अशोक विश्वकर्मा। उनको सपना थियो, काठमाडौँमा पैसा कमाएर खुशी किन्ने । जब उनी ११ वर्षा थिए , उनको आमा बिरामी परेर अकालमै बितिन्। आमाको मृत्यु पछि, अशोक र उनका परिवारको जीवन कठिन बन्यो । घरमा न त पैसा थियो , न त प्रयाप्त खाने अन्न । रुखो पाखोबारीमा खेति र मजदुरीले हातमुख जोडनै धौ –धौ भयो । त्यसपछि उनी काठमाडौँ गएका। उनका संघर्ष र मेहनतको सुरुवात त्यहीँबाट भयो । कापस् कलम समाउने उमेरमा उनले गलैचाको धागो समात्न समाते । फनिर्चर कारखानामा काम गर्दै, उनले थाहा पाए कि उनीले जति मेहनत गरे पनि त्यहाँ कम तलब पाइन्छ । त्यसपछि उनले घर बनाउने ज्यामी, कस्मेटिक उद्योग र फजिर्चरको काम गरे । उनले श्रमको मुल्य पाएनन् ।
परिवारको साथमा नयाँ यात्रा
सोचे जस्तो भएन काठमाडौँ बसाई अशोकको । घर फर्किए र आफनै फनिर्चर खोले विसं.२०५६ मा उनको १८ वर्षको उमेरमा निर्मलासगँ विवाह भयो । वैवाहिक जीवन सुख दुख चल्दै थियो । एक वर्षपछि उनी ग्ल्यान टिभी रोगको शिकार भए। त्यो अवस्थाले उनलाई मानसिक र शारीरिक रुपमा निकै कमजोर बनायो । पत्याउनेसँग दोहोयाएर ऋण माग्ने आटँ भएन । अरुले ऋण पत्याएनन् । केही रात भोकभाकै सुत्नु पञ्यो । त्यो समय उनले ६ महिना बिताए , जसमा उनले आफनो स्वास्थ्यलाई पुनः स्थिर बनाएको तर संघर्षलाई साथ दिइरहे । यो समय उनलाई जीवनका सबैभन्दा कठिन क्षणहरुको रुपमा सम्झना रहयो ।
विदेश जाने निर्णय
अशोकको स्वास्थ्य सुधारपछि उनले पुनः काममा फर्किए । तथापी, व्यवसायले राम्रो आम्दानी दिन सकेन । उनी वैदेशिक रोजगारीका लागि यूएई गए। जहाँ प्रचण्ड गर्मीको कारण उनी कन्स्ट्रक्सन क्षेत्रमा काम गर्ने सकेनन् । १४ महिना पछि नेपाल फर्के । फेरी रन्दा करौती लिएर उनी फनिर्चर पसल खोले । श्रीमतीलाई घुम्ती पसल खोलेर राखिदिए । उनी यति संघर्षको बिचमा पनि आफनै प्रयासमा पुर्ण विश्वास राख्दै अघि बढ्न चाहन्थे ।
दुःखद आगलागी घटना
अशोक र निर्मलालाई अर्काे ठुलो बज्रपात पञ्यो । वि. सं. २०६९ फगुन २ गतेको दिन घुम्ती पसलमा भएको आगलागी १२ वर्षीय र ७ वर्षीय छोरा गुमाए । भोली सरस्वती पुजामा नुहाएर जानुपर्छ भन्दैै दानुभाई साबुन लिन पसल पसे । पसलबाट एक्कासी आगोको मुस्लो निस्कीयो । पेट्रोलबाट दन्किएको आगो चाँडो नियन्त्रणमा आउन सकेन । आखाँ अगाडी दुई छोराको जलेर प्राण गयो । यो घटना विश्वकर्मा दम्पत्तिको जीवनको एकअर्को कठिन घडी बन्यो । फक्दै गरेको दुई कोपिला चुँडिएपछि मृत्युसगैँ अशोकको संसार भत्किएको महसुस भयो । उनका परिवारलाई गहिरो मानसिक आघात पुञ्यायो ।
पुनः संघर्ष, व्यवसायमा सफलता
घरमा दःखको छायाँ थियो, तर जीवन अगाडि बढाउनु आवश्यक थियो। अशोक र निर्मला साहस जुटाएर आर्थिक सहयोगका लागि आफन्तसगँ सहयोग माग्न गए । तर सहयोग भनेको काँचो शब्दजस्तो नै रह्यो । चन्दसुर्य बचत तथा ऋण सहकारी उनीहरुको सारथी बन्यो र दुई लाख ऋण लिए । आफुसगँ भएको जायजेथा थपथाप गरेर चार कोठे पक्का घर बनाए। नयाँ घरमा नयाँ व्यवसाय मासु पसलसहित होटल चलाए । निर्मला होटलमा चिया, चप, चना, मासु चिउरा बेच्न थालिन् । उता अशोक माग गर्नेलाई घरघरमा रागाँको मासु पुञ्याउन थाले । उनले त्यतिबेला दैनिक ५–१० किलो मासु बिक्री गर्थे । उनले रागाँसगैँ कुखुराको मासु पनि बेच्न थाले । व्यवसाय राम्रोसगँ चल्न थाल्यो । यसबाट आउने आम्दानीले उनीहरुको घर खर्च टथ्यो । ऋण पाउन बचत गर्नुपर्छ भन्ने थाहा पाएपछि सहकारीमा बचत गर्ने थाले । कमाई राम्रो हुन थालेपछि ऋण चुक्ता पनि गरे । त्यसपछि नयाँ व्यवसाय गर्ने आँट आयो । उनीहरुले वि.सं. २०७५ मा मकवानपुरगढी साना किसान बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख ऋण लिएर बंगुर पालन गरे । उनले खोर बनाएर १६ वटा बंगुर पाले । ६ महिनाको राम्रो पालन पोषणपछि एउटा बंगुरलाई ३० देखी ३५ हजार रुपैयाँसम्म बिक्री गरे । उनीहरुले पहिलो पटक मै करिब ५ लाख मुल्य बराबरको बंगुर बिक्री गरे । मासु पसललाई राम्रोसगँ चलाउन कुखुरा पालन व्यवसाय पनि थपे । पहिलो पटकमा ३ सय कुखुरा पाले। त्यसबाट पहिलो पालामै नाफा बस्यो उनस्हरुले बंगुर र कुखुरा पालन थोरै परिमाणमा निरन्तर गर्दै गए । त्यहि व्यवसायबाट अटो किने र बचेको समयको सदुपयोग गर्दै चलाउन थाले । श्रीमान् नभएको बेला निर्मलाले घर र खोरको सबै काम आफै गर्थिन्। अशोक अटोमा यात्रु ओसार्ने भन्दा कुखुरा र रागाँको मासु व्यापारमा केन्द्रित भए । उनले हेटौंडा बजारबाट मासु किन्दै गाउँ ल्याएर बेच्न थाले । मासु माग बढेपछि कुखुराको मासुको लागि आफै कुखुरा पालनलाई ३ सयबाट एक हजार पुञ्याए। रागाँको मासु चाहिँ बजारबाटै ल्याउँथे । उनको व्यवसायमा अवसरसगैँ चुनौती पनि थियो । उधारो कारोबार चुनौती बन्यो । व्यवसाय र घरको आर्थिक हिसाब किताब विमलाले राख्थिइनु । विमलाले मासु बेच्न छाड्न भनिन् । तर अशोकले मानेन् । सत्यको धन हराउँदैन भन्ने उखानले उनको व्यवसायमा सार्थकता बन्यो । पछि उधारो रकम सबै उठ्यो । अनि सहकारीको सबै ऋण चुक्ता गरिदिए ।
थप सफलता र विस्तार
मेहनतबाट प्राप्त सफलता खुशी मात्रै होइन, विश्वकर्मा दम्पत्तिलाई थप उर्जा मिल्यो । वि।सं। २०८० मा कुखुरा र बंगुर पाल्न साहारा पशुपन्छि फर्म र काटेर मासु बेच्न निर्मला मिट सप दर्ता गराए । सकेसम्म मासुको लागि कुखुरा आफैले पालन गरेर माग पुर्ति गर्ने । नसके किसानलाई उचित मुल्य दिएर खरिद गर्ने योजना बनाए । योजना अनुसार ४० प्रतिशत कुखुरा आफै उत्पादन गर्न सफल भए । यति बेलासम्म राँगा काटेर मासु थोक बिक्री गर्दै आइरहेका छन् । विश्वकर्मा दम्पत्ति सफल मासु व्यापारीसगैँ पशुपन्छि पालक कृषक पनि भए । उनले मकवानपुरगढी गाउँपालिका वडा नं। १,२,७, ८ र बकैया गाउँपालिका वडा नं। १२ सम्म मासुको माग पूर्ति गर्छन् । अशोकका अनुसार जहाँ करिब २० वटा खुद्रा पसल छन् । “ हाम्रो दैनिक बिक्री कुखुराको १२० किलो र रागाँको ९० किलो मासु बिक्री गछौँ,” उनले भने, “ बंगुरको मासुको माग कम छ, माग भयो भने मात्रै काटिन्छ।”
उनीहरुको अनुसार हालसम्म व्यवसायमा २० लाखभन्दा बढी लगानी भएको छ । त्यसबाट प्राप्त आम्दानीबाट उनीहरु सन्तुष्ट छन् । “ पहिलो आम्दानी मासिक २० हजार जोगाउन मुस्किल थियो, अहिले खर्च कटाएर एक लाख नजोगिएला कि भनेर चिन्ता मान्नु पर्दैन,” अशोकले भने । दुवै व्यवसायलाई अझ व्यवस्थित गर्ने उनको योजना अनुसार साना किसान सहकारीले साथ दिएको छ । अशोकका अनुसार सहकारीले २५ लाख ऋण उपलब्ध गराएको छ । अहिले फर्ममा एकपटकमा २५ देखि ३० वटासम्म बंगुर र ८ ९ सय कुखुरा पाल्न सक्ने भौतिक संरचना छ। त्यहाँ बंगु पाल्दै आएका छन् । अब भौतिक संरचना वृद्धि गरी बंगुर र कुखुरा पालन विस्तारसगैँ राँगा पालन पनि सूरु गर्ने योजना बनाएका छन्। सोही अनुसार भौतिक संरचना विस्तार गर्ने, गुणीतरीय र सस्तो मुल्यमा उपलब्ध गराउने उनको लक्ष्य छ । सरकारी पक्षबाट सही किसानको पहिचान नभएप्रति गुनासो छ । “वास्तविक किसानको पहिचान गरेर तालिम र अनुदान दिए, लगानीको सुनिश्चितता गरिदिए धेरै राम्रो हुन्थ्यो, कति खेर डुब्ने हो ठेगाना छैन,” उनले सुनाए ।
अशोक र निर्मलाको जीवनका संघर्ष र सफलता केवल आफनो परिवारको आर्थिक समृद्धिमा मात्र सीमित छैन। उनीहरुका तीन सन्तानहरु छन् । अशोक भन्छन् “मैले पढन् पाइन, मेरो बच्चाहरुलाई राम्रो शिक्षा दिन्छु । ” उनको दुई छोरी छन् जो अहिले विद्यालयमा पढिरहेका छन् । अशोक र निर्मलाको संघर्षपूर्ण यात्रा जीवनका सबै कष्टलाई पार गर्ने प्रेरणा हो । उनीहरुको कडा परिश्रम, सकरात्मक सोच र निरन्तर प्रयासले व्यवसायमा सफलता प्राप्त गर्न सघाएको छ । यसले समाजलाई एक सकारात्मक सन्देश दिइरहेको छ कि कठिनाइहरुको बावजुद, मेहनत र साहसले हामीलाई सफलता दिलाउन सक्छ ।