मकवानपुरगढीका प्रेमकुमार घिमिरेमाथि हेटौंडामा खुकुरी प्रहार
हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङका प्रेमकुमार घिमिरेमाथि सोमबार साँझ हेटौंडामा खुकुरी प्रहार भएको छ । हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पस अगाडि घिमिरे माथी खुकुरी प्रहार भएको हो । उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपछी चितवनको अस्पतालमा उपचार भइरहेको उनका दाजु राजकुमार घिमिरेले बताए । करिब १० जनाको समुहले फरेष्ठी क्याम्पस अगाडी हातका पाखुरा, अनुहार लगायतका स्थानमा खुकुरी प्रहार गरेको र हत्या गर्ने सम्मको योजना रहेको घिमिरेले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार खुकुरी प्रहार गर्ने सम्मको पहिचान अझै नभएको र त्यसको अनुसंधान भइरहेको बताए । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि वन विज्ञान क्याम्पस अगाडि गाडी रोकेर टाउको र हातमा खुकुरी प्रहार गरिएको थियो ।

