हेटौंडाको स्थगित नगरसभा आज बस्दै, आज पनि नेकपा एमाले उपस्थित नहुने

भूगाेल संवाददाता
१२ असार २०७९, आईतवार १२:२६

मकवानपुर । असार १० गते बहुमत नपुगेपछि स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज बस्दै छ ।

नेकपा एमालेले राखेको मागलाई कुनै संवोधन नगरि पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेकपा एमालेले ११ औँ नगरसभामा उपस्थिती नजनाएपछि नगरसभामा बहुमत पुगेको थिएन जसको कारण नगरसभा असार १२ गते दिउँसो १ बजे सम्मको लागि स्थगित गरिएको थियो ।

आज दिउँसो बोलाईएको बैठकमा पनि नेकपा एमालेबाट विजयी भएका जनप्रतिनिधिहरु उपस्थिति नहुने बताईएको छ । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५९२० र १५९३० मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*