प्रतिशोधका आधारमा राष्ट्रपति माथी आक्रमण हुनु दुःखद् हो– महेश बर्तौला

भूगाेल संवाददाता
११ भाद्र २०७९, शनिबार १३:५३

हेटौंडा । नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश बर्तौलाले.पछिल्लो केहि दिन देखि नागरिकहरुको भरोसाको रूपमा रहेको मुलुकको सर्बोच्च सस्था राष्ट्रपति माथी गठबन्धनको नाममा भैरहेको दुशित आक्रमण प्रती नेपाली जनताको गम्भीर आपत्ति रहेको र यस्तो हुनु मुलुक कै लागि दुःखद् र घातक रहेको बताउनु भएको छ ।

नेकपा एमाले कैलास गाउँपालिका वडा नम्बर ९ र १० को अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै उहाँले राष्ट्रपतिद्वारा देश बचाउनका लागि सन्देश सहित नागरिकता बिधयक संसदमा फिर्ता पठाए पछि राष्ट्रपति प्रति गठबन्धन आक्रोशित भैरहेको बताउनुभयो । यस्तो काम मुलुक कै लागि दुर्भाग्य रहेको बताउनुभयो ।

राष्ट्रपतिले आफ्नै देशका नागरिकहरु सँग, राष्ट्रसेवकहरुसँग भेट्दा, अबिभाबकको रूपमा छलफल गर्नुलाई गठबन्धन लाई आपत्ति हुनु र गठबन्धनमा भैचालो जानू असाध्यै आश्चर्यको विषय भएको उपसचिब बर्तौलाले बताउनुभयो । यसले गठबन्धनको असली नियत उदाङो भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*