जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

भूगाेल संवाददाता
३ पुष २०७९, आईतवार ११:०९

भरतपुर । चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो ।

 

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि, माडीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । रासस

 

यसमा तपाइको मत

Your email address will not be published.


*