बाल गायक सचिन परियार अस्पतालमा भर्ना

भूगाेल संवाददाता
८ पुष २०७९, शुक्रबार ११:१०

बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । बिहिबार राति सञ्चारकर्मी कमल सरगमले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै परियारको स्वास्थ्य अवस्था पीडादायक रहेको बताएका छन् ।

परियार बोल्न समेत नसक्ने अवस्थामा रहेकाे र खर्चको अभावका कारणले राम्रो उपचार हुन नसकेकाे सरगमले उल्लेख गरेका छन् । परियारको स्वास्थ्य अवस्था जटिल हुँदै गएकाे सरगमले बताएका छन् ।

एक युट्युबमा अन्तर्वार्ता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रूमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायतका गीतहरू गायका छन् । महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका परियार केही समय हास्य श्रृंखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*