कर्णाली प्रदेशको उपसभामुखमा कांग्रेसकी शाही र माओवादीकी न्यौपानेले गरे उम्मेदवारी दर्ता

सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा ९माओवादी केन्द्र०को भागमा परेको छ ।
न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्दैछिन् । यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एकरएकजना सांसद छन् ।