धरानमा खुकुरी प्रहारबाट एक जनाको हत्या

भूगाेल संवाददाता
६ माघ २०७९, शुक्रबार ११:२६

सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना घाइते भएका छन् ।

खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको छ । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीलाई हिजो बिहीवार खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उहाँमाथि पनि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते मञ्जुको धरानको विजयपुर अस्पतालमा उपचार भइरहेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*