ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक हुँदै

भूगाेल संवाददाता
६ माघ २०७९, शुक्रबार १२:०९

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट ड्र)आज शुक्रबार सार्वजनिक हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिगको खेल तालिका आज शुक्रबार सार्वजनिक गरिने जनाएको छ।

एन्फा कम्प्लेक्समा आयोजना हुने टाइसिट ड्र कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ ।

यस अघि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने तय थियो । तर, पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार शोक विदा दिएको कारण एन्फाले खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो ।

शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पु¥याईएको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनी वापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*