प्रदेशस्तरीय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा मकवानपुर पराजित

भूगाेल संवाददाता
६ माघ २०७९, शुक्रबार १३:५९

रामेछापको मन्थलीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा मकवानपुर पराजित भएको छ । आज शुक्रबार भएको क्वाटरफाइनल खेलमा मकवानपुर काभ्रेसँग २–० को सोझो सेटले पराजित भएको जिल्ला भलिबल संघ मकवानपुरका महासचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

काभ्रेले मकवानपुरलाई २५–२२, २५–२३ को सेटमा समेटेको हो । हारसँगै मकवानपुर प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाका भलिबल टिम सहभागिता रहेको थियो । प्रतियोगितामा ललितपुर र भक्तपुर जिल्लाको भलिबल टिमको सहभागिता रहेको थिएन ।

प्रतियोगिताको फाइनल खेल भोली शनिबार हुनेछ । प्रतियोगितामा विजयी हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*