जुम्लामा जडीबुटी खाजा खाँदा एक जनाको मृत्यु, अन्य तीन जना घाइते

भूगाेल संवाददाता
८ माघ २०७९, आईतवार १२:१३

 

जुम्ला । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको ज्यान गएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।

 

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ(८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । यस्तै, बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

 

हिजो दिउँसो खाजामा जडीबुटी मिसाएर खाएपछि उनीहरु बिरामी भएका जानकारी पाएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*