सुनकाे मुल्य आज तीन सय रुपैयाँले बढ्याे

भूगाेल संवाददाता
९ माघ २०७९, सोमबार ११:२५

सुन चाँदीको मुल्य आज फेरि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको मुल्य आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको मुल्य भन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेकाले नेपाली बजारमा पनि महँगिएको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*