सुनको मुल्य अहिलेसम्मकै उच्च,आज १ हजार रुपैयाँले बढ्यो

सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ ।
आज सुनको मुल्य तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको मुल्य तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले मुल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने बिस्तारै घटेको सुनको मुल्य फेरि बढेको हो ।
सुनको मुल्य बढे पनि चाँदीको मुल्य भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।