बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्प,चारवटा घर भत्किए, थप विवरण संकलन हुँदै

भूगाेल संवाददाता
१० माघ २०७९, मंगलवार १६:३२

नेपालको सुदूरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सुदूरपश्चिमको बाजुरामा भूकम्पका कारण चारवटा घर भत्किएका छन् । दिउँसो गएको भूकम्पका कारण बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डिएसपी० सूर्य थापाले जानकारी दिनुभयो ।

मानवीय क्षतिको जानकारी भने अहिलेसम्म आएको छैन । थप विवरण संकलन भैरहेको डिएसपी थापाले बताउनुभयो ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर पाँच दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*