संघीयता विरोधी अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

भूगाेल संवाददाता
१० माघ २०७९, मंगलवार १६:४८

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा रहेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरोधी प्रचार प्रसार गर्ने छुट कसैलाई पनि नभएको भन्दै स्पष्टिकरण सोध्ने चेतावनी दिनुभएको हो ।

मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइने भन्दै उहाँले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने भए मन्त्रिपरिषद् बाहिरै रहनुपर्ने स्पष्ट पार्नुभयो । वर्तमान राज्य व्यवस्थामाथि प्रश्न उठ्न थालेको जिकिर गर्दै उहाँले राज्य व्यवस्था कार्यान्वयनमा भएको ढिलाई र अरुचिले व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकार आएपछि १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिवद्धताका साथ मन्त्रालय घटाउन लागि परेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*