बाराका ६९ बर्षिय वृद्ध झण्डै डेढ महिनादेखि वेपत्ता

हेटौंडा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का ६९ बर्षिय धन बहादुर सुवेदी वेपत्ता हुनुभएको छ । सुवेदी मंसिर ६ गतेदेखि वेपत्ता हुनुभएको उहाँका नाति समिर बर्तौलाले जानकारी दिनुभयो ।
सुवेदी हेटौंडा सामुदायिक आँखा अस्पतालमा उपचारपछि घर हिंडेकोमा अहिलेसम्म सम्पर्कमा नआएको बर्तौलाले बताए । उहाँले हजुरबुवा हराएकोबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएपनि अहिलेसम्म भेटिएको छैन ।
हराएको हजुरबुवा कसैले कतै देखेमा वा भेटेमा ९७४८४६१०५३ र ९८१३६९७४८४ मा फोन गरी जानकारी गराएर सहयोग गरिदिन समेत बर्तौलाले अपिल गर्नुभएको छ ।