मकवानपुरको राक्सीराङ र कैलाशमा १३० बिगाह अफिम र २८ बिगाह गाँजा खेति फडानी

भूगाेल संवाददाता
१७ माघ २०७९, मंगलवार १३:३८

नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि द्धारा मकवानपुरको राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिकामा अबैध रुपमा लगााईएको अफिम र गाँजा खेति फडानी गरेको छ । प्रहरीले तीन दिन लगाएर १ सय ३० बिगाह अफिम र २८ बिगाह १० कठ्ठा गाँजा खेति फडानी गरेको हो ।

प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा खटिएको प्रहरी टोलि द्धारा यहि माघ १४ गते राक्सीराङ गाउँपालिका वडा नम्बर-७ मा २० बिगाह अफिम र १ बिगाह गाँजा फडानी गरेको छ ।

यस्तै माघ १५ गते राक्सिराङ गाउँपालिका वडा नम्बर-६ र वडा नम्बर-७ मा ४१ बिगाह अफिम, २१ बिगाह गाँजा फडानी गरेको उल्लेख गरेको छ । त्यसैगरी सोमबार राक्सिराङ गाउँपालिका वडा नम्बर-७ मा १४ बिगाह अफिम र ६ बिगाह १० कट्ठा गाँजा खेति फडानी गरिएको हो ।

प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डको टोलिले यहि माघ १४ गते कैलाश गाउँपालिका वडा नम्बर-७ मा १५ बिगाह अफिम फडानी गरेको छ ।

यस्तै माघ १५ गते कैलाश गाउँपालिका वडा नम्बर-७ र वडा नम्बर-८ मा २० बिगाह अफिम खेति फडानी गरेको उल्लेख गरेको छ । त्यसैगरी सोमबार राक्सिराङ गाउँपालिका वडा नम्बर-४ मा २० विगाह अफिम फडानी गरेको मकवानपुर प्रहरी जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*