वर्षाले खेल रोकिएपछि विश्वकपमा नेपाल र श्रीलंकाले अंक बाँडे

भूगाेल संवाददाता
३० जेष्ठ २०८१, बुधबार १०:३४

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन्।

अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो।

वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।
समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन थिए।

मैदानमा पुगेका नेपाली दर्शक ।