कृषि तथा पशुपालन क्षेत्रको सफलताका कथाहरु
पछिल्लो समय नेपालमा व्यवसायिक पशुपालन गर्ने क्रम बढ्दै गएको छ । पशुपालन तथा व्यवसायिक कृर्षिको लागि सरकारले अनुदान समेत दिदै आईरहेको छ । बजार देखि ग्रामीण भेग सम्म ब्यवसायिक कृर्षि संगै पशुपालन गर्नेको संख्यामा बृद्धि हुदै आएको छ । यसमा विषेशत युवा वर्ग यसमा दत्त चित्त भएर लागेका छन । राज्यले कृर्षि र पशुपालनमा विषेष अनुदानका कार्याक्रमहरु ल्याउदै आईरहेको छ । बैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै युवालाई स्वरोगार बनाउन र थप जनशक्तिलाई रोजगारीको अवसर ऋजना गर्नसरकारले अनुदानका प्याकेजहरुमा बढावा दिदै आएको छ । युवालाई आत्मनिर्भर बनाउन केन्द्र सरकार देखि प्रदेश सरकार हुदै स्थानिय निकाय सबै लागि परिरहेका छन । ब्यवसायिक पशुपालनमा वातावरण अनुकुलित नविनतम प्रविधिकोविस्तार सँगै उन्नत नश्लका पशुपालन र उन्नत जातका भुई घास र डालेघाँसहरुले गाउँको मुहार समेत फेरीएको देख्न सकिन्छ ।
नेपाल कृर्षि प्रधान देश हो । यहाँका कुल जनसंख्याको ६० प्रतिशात मानिसहरु कृर्षिमा पर्दछन । बिकासउन्मुख नेपालको मुख्य आम्दानिको श्रोत कृर्षि पशुपालन र पर्यटन हो । नेपालको मुख्य आयश्रोत २७ प्रतिशत स्थान कृषि र पशुपालनले ओगटदछ । नेपालमा विभिन्न दातृ निकाएहरुले सहयोगगर्दै आईरहेका छन । सरकारी तथा गैर सरकारी माध्यामबाट भिभिन्न क्षेत्रहरुमा आर्थिक तथा भौतिक निमार्णमा दातृ निकायहरुले सहयोग गर्दै आईरहेको छ । विश्व बैकको सहयोगमा सरकारी तवरबाट आर्थिक बर्ष २०७४÷७५ सालदेखी नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाइ मार्पmत संचालन भइरहेको यो आयोजना देशका २८ जिल्लामा लागु भईरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत पर्ने नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडा मकवानपुरलेपशुपालन तथा दुग्ध उत्पादक क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ ।
आयोजनाले मासुजन्य, र दुग्ध तथा दुधजन्य पदार्थ मुल्यश्रृखलाका क्षेत्रमा कामगर्दै आईरहेकोछ । यस अन्र्तगत बाख्रा पालन, गाइभैसी पालन गोठ निमार्ण, गोठ सुधार र उन्नत प्रजातीका पशुहरुको उत्पादन तथा दुधजन्य पदार्थहरु उग्पादन गरी बजारीकरणमा विभिन्न सहकारी तथा समुहहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।
विकेन्द्रिकृत आयोजना सहयोग इकाइले गाईभैसी, बाख्रा पालन देखि दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई व्यवसायिक गराउदै आएको छ । काम छैन भन्दै परदेशिने युवा पुस्ताहरु पछिल्लो समय आफ्नै देशमा केहि गरौ भनि ब्यवसायिक पशुपालन गर्दै आईरहेका छन । आयोजनाले गोठ बनाउन,पशु खरीद गर्न, तथा नविनतम प्रविधिको प्रयोग गर्दै उत्पादन लागत घटाउन आर्थिक रप्राविधिक सहयोगर्दै आईरहेको छ । विकेन्द्रिकृत आयोजना सहयोग इकाइले निजि फार्म, सहकारी र समूहहरुसंग सहकार्य गर्दै आप्mनो कार्यक्रमहरु अगाढि बढाईरहेको छ ।
विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाले बागमती प्रदेशका काठमाण्डौ, काभ्रेपलान्चौक, मकवानपुर र चितवनमा आफ्नो कार्यक्रम गर्दै आइरहेको छ त्यसैगरी मधेश प्रदेशमा धनुषा, सिरहा र सप्तरीमा गरी सात जिल्ला समेटेको छ ।
नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौँडा मकवानपुर आयोजना प्रमुख डा. विदुर प्रसाद गौतमका अनुसार
आयोजनाले ३ किस्तामा रकम भुक्तानी गर्ने बताउनु भयो । आयोजनाले छनौट भएका निजि फार्म,सहकारी र समूहहरुको निरन्तरता लाई मध्य नजर गर्दै नयाँ मोडलमा काम गर्ने गरेको उहाँको दावि छ । उहाँका अनुसार २० प्रतिषत समूह वा फर्महरुल, बैक तथा बित्तिय संस्थाबाट ३० प्रतिषत ऋण र ५० प्रतिषत आयोजनाले सहयोग गर्ने बताउनु भयो ।
आर्थिक सहयोग गरेको रकमले दैनिक जीवन यापनकालागि एउटा गाई पालेर बसेका भरतपुर २५ शुक्रनगरका होमनाथ भण्डारीले बिस्तारै ६ वटा भैसि पु¥्याउनु भयो । विकेन्द्रिकृत आयोजना सहयोग इकाइले सहयोग गरेपछि उहाँले अहिले ८० वटा भन्दा बढि भैसी पालिरहनु भएको छ । २३ जना महिलाहरु मिलेर आत्मनिरर्भर महिला कृषर््िा, पशुपालन कृषक समूह नै खोलेर ब्यवसायिक रुपमा भैसि पालन गरी रहनु भएको छ । २÷४ लिटर दुध बेचेर दैनिकि चलाइ रहनु भएको उहाँले अहिले दैनिक ५ सय लिटर दुध बेचिरहनु भएको छ । पशुआहारका लागि उहाँले सुपर नेपिएर घास लगानु भएको छ । बिहान ४ बजेदेखि राती ११ बजे सम्म उहाँ गोठमै रमाउनु हुन्छ । उहाँ संगै दैनिक रुपमा १०÷१२ जना गोठमै खटिरहनु हुन्छ । भैसिलाई पानी खुवाउनी, भकारो सोरनी, भैसीदुने दाना दिने, घाँस काटेर हाल्ने गर्दा गदै बिहान वितेकको पत्तै हुदैन उहाँलाई ।
दैनिक दुग्ध संकलनमात्र गर्दै आइरहेको देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड भरतपुर–६ देवनगरले विकेन्द्रिकृत आयोजना सहयोग इकाइको सहयोगमा अटोमेटिक पास्चराइजर १ हजार लिटर प्रति घण्टा क्षमता भएको मिसिन राखेर दुग्ध जन्य सामाग्रिहरु उत्पादन गर्दै आईरहनु भएको छ । दुध, दहि, पनिर ध्यू लायत अन्य दुग्ध जन्य परिकारहरुबनाएर बिक्रि वितरण गर्दै आईरहेको छ । देव ब्रान्डको नामबाट निमार्ण गरीएका परीकारहरु चितवन लाएत अन्य छिमेकि जिल्लाहरुमा समेत बिक्रि वितरण भईरहेको ब्यवस्थापक जनार्दन पौडेल बताउनुहुन्छ ।
२०५२ सालमा १ सय ५० लिटर दुध संकलन गरी सुरु गरेको, सहकारीले हाल ३ हजार लिटर दुध संकलन गर्दै आइरहेको छ । विकेन्द्रिकृत आयोजना सहयोग इकाइको सहयोगमा साडे २ करोड रुपैया लागतमा अटोमेटिक पास्चराइजर १ हजार लिटर प्रति घण्टामिसिन राखे पछि यहाँको किसानहरुमा खुसियाली छाएको छ । दुधबाट दुग्ध जन्य परिकारहरु दहि, ध्यु, पनिर,नौनि लगाएतका अन्य परीकार बनाएर देब ब्राण्ड नाम राखि बिक्रि गर्दै आइरहेको छ । यो मिसिन राखेर उत्पादित सामान बिक्रि गर्दा आफ्ना सदस्यहरुको आर्थिक स्तरमा सुधार भएको संस्थाको भनाई छ । पहिले ४–५ लिटर दुध बेच्ने किसानहरुले अहिले गाई भैसि थपेर २०÷२५ लिटर दुध बिक्रि गर्दै आईरहेका संस्थाका अध्यक्ष रत्नमणि न्यौपाने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ हामी किसानहरुको दुध जति उत्पान भएपनि खपत गर्न सक्छौ । दुधको बृद्धि गर्नका लागि किसानहरुलाई उन्नत प्रजातीको पशुपालन तर्फ आवश्यक सहयोग गर्दै आईरहेका छौ । सदस्यहरुले मात्र जोहो गरेर साढे २ करोड रुपैयामा जम्मा गर्नु तोरीको दाना टिपेर घान पु¥्याउनु जस्तै भएको उहाँको भनाईछ । हाल सम्मको सहयोगलाई धन्यवाद दिदै विकेन्द्रिकृत आयोजना सहयोग इकाइले थप सहयोग गरीदिए अभैm ब्यवस्थितगर्दै जाने उहाँको रहर छ ।
नेपालीहरुको आर्थिक उपार्जनकालागि मुख्य श्रोत भनेको कृर्षि र पशु पालन नै हो । जानेर होस या नजानी हाम्रो पुर्खाहरुले गरेको ब्यवसाय नै कृषि र पशुपालन हो । पुस्ता हस्तान्तरण सगै हामीले पनि यसैलाई अवलम्बन गर्दै आइरहेका छौ । अन्य क्षेत्रमा प्रविधिले पड्को मारे संगै पछिल्लो समयमा कृर्षि र पशुपालनले पनि फड्को मार्दै आईरहेको छ । पशुपालन र कृर्षि बाट नै कयौ परीवारको रोजिरोटि चलिरहेको छ । पशुपालनका लागि उचित आहार र स्याहार हुनु पर्दछ । आहारका लागि घास खेति आवश्यक छ । करिब १२ विगाह जग्गामा उन्नत जातकोभुई घास लगाएर ब्यवस्थित रुपमा भैसी र गाई पालन गर्दै आउनु भएका न्यू रत्ननगर एग्रिकल्चर पशु र्फाम रत्ननगर १२ चितवनका दिनेश खतिवडा आफु सधै पशुहरु संगै रमाउने गरेको बताउनु हुन्छ । पशुपालनलाई राज्यले उद्योग सरहको मान्यता दिनु पर्ने उहाको धारणा छ । प्रत्यक्ष परोक्ष रुपमा करिब २ सय जना आफ्नो फर्मबाट लाभान्वित भएको उहाँको दावि छ । करीब साढे २ करोड लगानी रहेको फर्ममा १० जना दैनिक कामदारले काम गरीरहेका छन ।
पहिले दुध मात्र संकलन गर्दै आएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुर गढी ३ मक्रान्चुलिले आयोजनाको सहयोगमा अटोमेटिक पास्चराइजर १ हजार लिटर प्रति घण्टा क्षमता मेसिन राखि दुग्ध जन्य परीकार बनाउदै आएको छ । पनिर नौनि, ध्यू तथा छुर्पि बनाउदै आएको छ । दुधको विविधिकरण गरेर बिक्रि गरी आफ्नो सदस्यहरुको आय आर्जनमा थप टेवा पु¥याएको छ ।
विश्व नै आर्थिक मन्दिको मारबाट गुज्रिरहेको छ । अझ हाम्रो जस्तो विकासउन्मुख देशमा यसले झनै असर पारिरहेको छ । मानिसलाई बिहान बेलुकाको छाक टार्न अप्ठ्यारो परीरहेको बेलामा दुधका विभिन्न परीकारहरुको बिक्रि वितरणबाट प्राप्त रकमले थप बोनसहरु सदस्यहरुलाई दिएर आर्थिक रुपमा सुदृढ बनाईरहेको छ । प्रचार प्रसार गरेर बजारीकरण बढाउन सके सदस्यहरुलाई अझै धेरै बोनस प्रदानगरी आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताउनु हुन्छ मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुर गढी ३ मक्रान्चुलिका ब्यवस्थापक शशि लम्साल । विकेन्द्रिकृत आयोजना सहयोग इकाइले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नु हूदै उहाँले भन्नुभयो बजारीकरण गर्नका लागि सवारी साधन सहयोग गर्न आग्रह गर्नुभयो ।
आफ्नो उत्पादन आम नागरीकको जिब्रोमा बसिसकेको दावि गर्नु हुन्छ संस्थाका अध्यक्ष अर्जुन दाहाल । विकेन्द्रिकृत आयोजना सहयोग इकाइको सहयोमा अटोमेटिक पास्चराइजर १ हजार लिटर प्रतिघण्टा क्षमताउद्योग स्थापना गरेपछि किसानहरुले भोग्दै आएको मिल्क होलिडेको समस्या सकिएको उहाँको दावि छ । किसान संग प्रत्यक्ष सहकार्य गर्ने दुग्ध उत्पादक सहकारी लाई राज्यले एउटै बकेटमा राखेर हेर्नू नहुने उहाँको धारणा छ । अन्य बचत तथा ऋणको कारोबार गर्ने सहकारी र दुग्ध उत्पादक सहकारी संस्था फरक रहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ दुग्ध उत्पादक सहकारी संस्था प्रत्यक्ष रुपमा किसानको रोजिरोटि संग जोडिन्छ । यसलाई राज्यले अनुदान र सहुलियत ऋण प्रवाह गर्ने व्यवस्था गर्नु पर्छ ।
कृर्षि तथा पशुपालन नेपालको मुख्य आयस्रोतका रुपमा लिईन्छ । राज्यले कृर्षि क्ष्ोत्रलाई अपहेलनागर्दै आइरहेको जनगुनासो सधै उठदै आईरहेको छ । तर सरकारले विभिन्न दातृ निकाएको सहयोगमा कृर्षि तथा पशुपालनमा सहयोग गर्दै आईरहेको छ । विकेन्द्रिकृत आयोजना सहयोग इकाइ मकवानपुरले प्रदान गरेको सामाग्रिहरुको सहि सदुपयोग गर्दै आर्थिक उपार्जनमा सबै लाग्नु जरुरी छ ।