२ सय ३६ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
हेटौंडा। बारामा २ सय किलोभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जबाट अवैध लागुऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाइछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

