एभोकाडोको २०८ नम्बर कोठामा जुवाको अड्डा, डा. सुन्दर श्रेष्ठसहित ५ जना पक्राउ

भूगाेल संवाददाता
१८ श्रावण २०८०, बिहीबार २१:२३

मकवानपुर । हेटौंडाको होटल एभोकाडोबाट प्रहरीले ५ जनालाई तास खेल्दाखेल्दै रङ्गेहात पक्राउ गरेको छ । एभोकाडो होटलबाट डा. सुन्दर कुमार श्रेष्ठसहित पाँच जना जुवाडे पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बिहिबार साँझ ५ बजेर ४० मिनेट जाँदा एभोकाडो होटलको कोठा नम्बर २०८ बाट जुवा(तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डा. श्रेष्ठसहित हेटौडा उपमहानगरपालिका–१ बस्ने ४० बर्षीय बलराम बिश्वकर्मा, हेटौंडा–१२ बस्ने ३५ बर्षीय दिपक घले, हेटौंडा–५ बस्ने ३४ बर्षीय सहदेव लम्साल र हेटौंडा–४ बस्ने ४२ बर्षीय प्रकाश मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनका अनुसार उनीहरुले जुवा खेलिरहेको खालबाट लाख ५४ हजार ४२० रुपैया नगद चार बुक तास र क्वाईन ७६ थान बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*